सपन्याह तहतका छोरा थिए। तहत अस्सिरका छोरा थिए। अस्सिर एब्यासापका छोरा थिए। एब्यासाप कोरहका छोरा थिए।
Cross references
यिसहारका छोराहरू हुन् कोरह, नेपेग, र जिक्री।
यिसहारको छोरो, कहातको नाति अनि लेवीको पनाति कोरह अनि रूबेन कुलका एलीआबका छोराहरू दातान र अबीराम अनि पेलेतका छोरा ओन अट्टेरी भए।
अनि पृथ्वी र्चकिएर मुख बायो अनि कोरह र तिनीहरूलाई निल्यो। जब कोरहको अनुयायीहरू मरे अनि जब 250 जना मानिसहरूलाई आगोले भस्म पार्यो मानिसहरूलाई चेतावनीको निम्ति एउटा दृष्टान्त भयो।
हे परमप्रभु, जसरि एउटा हरिण खोलाको पानी पिउन तिर्खाएको हुन्छ। त्यसरी नै मेरो आत्मा तपाईंको लागि तिर्खाएको हुन्छ, परमप्रभु।
हे परमेश्वर, हामीले तपाईंको विषयमा सुनेका छौं। हाम्रा पिता-पुर्खाहरूको जीवनकालमा तपाईंले के के गर्नुभयो उहाँ बताउनु भयो। तपाईंले धेरै वर्ष अघि गरेका कार्यहरू। तिनीहरूले बताउनु भयो।
जब म यी कुराहरू राजाको निम्ति लेख्छु सुन्दर शब्दहरूले मेरो मस्टिष्कमा भरिन्छन्। शब्दहरू मेरो जिब्रोबाट आउँछन् मानौ ती शब्दहरू सिपालु लेखकका कलमबाट आइरहेकाछन्।
तिमीहरू सबै जाति-जातिहरू यसलाई ध्यान दिएर सुन। पृथ्वीमा भएका सबै मानिसहरू यसलाई ध्यान दिएर सुन।
हे सेनाहरूका परमप्रभु! तपाईंको मन्दिर साँच्चि नै प्रिय छ।
हे परमप्रभु, आफ्ना देश प्रति कृपा राख्नुहोस्। याकूबका परिवारहरू परदेशमा निष्कासित छन् तिनीहरूलाई आफ्नो देशमा फेरि ल्याउनु होस्।