बालका छोरा बेरा थिए। अश्शूरका राजा तिग्लत-पिलेसेरले बेरालाई आफ्नो घर छोड्न करलगाए। यसर्थ बेरा राजाका कैदी भए। बीरह रूबेन परिवार समूहका एक अगुवा थिए।
Cross references
अश्शूरका राजा तिग्लत पिलेसेर इस्राएलको विरोधमा युद्ध गर्न आए। इस्राएलका राजा पेकह भएको समय थियो। तिग्लत पिलेसेर इय्योन, आबेल-बेत्माका, यानोह, केदेश, हासोर, गिलाद, गालील अनि नप्तालीका सबै क्षेत्रहरू वसमा लिए। तिग्लत पिलेसेरले ती ठाउँहरूबाट मानिसहरू बन्दीको रूपमा अश्शूर लगे।
आहाजले अश्शूरका राजा तिग्लत पिलेसेरकहाँ दूतहरू पठाए। सन्देश थियोः “म तिम्रो सेवक हुँ। म तिम्रो छोरा जस्तै हुँ आऊ अनि अरामका राजा तथा इस्राएलका राजाबाट मलाई बचाऊ। तिनीहरू मसित युद्ध गर्न आएका छन्।”
इस्राएलका परमेश्वरले पूललाई युद्धमा जान इच्छुक तुल्याउनु भयो। पू ल अश्शूरका राजा थिए। तिनलाई तिग्लत पिलेसेर पनि भनिन्थ्यो। तिनले मनश्शे, रूबेन अनि गाद कुल समूहका मानिसहरूसित युद्ध गरे। तिनले उनीहरूलाई आफ्ना घर छोड्न बाध्य तुल्याए अनि तिनीहरूलाई कैदी बनाए। पूलले तिनीहरूलाई हलह, हाबोर, हारा अनि गोजान नदी नजिकमा ल्याए। इस्राएलीको कुल समूह ती स्थानहरूमा त्यस समय देखि आजसम्म पनि बसिरहेका छन्।
अश्शूरका राजा तिग्लत पिलेसेर आए अनि आहाजलाई सहायता गर्नका सट्टा कष्ट दिए।