Home Bibles 1 इतिहास 4:9 · नेपाली बाइबल
1 इतिहास 4:9 · नेपाली बाइबल

याबेश उसका दाज्यू-भाइहरू भन्दा धेरै आदरणीय थिए। तिनकी आमाले भन्थिन्, “मैले उसको नाउँ याबेश राखे किनभने जब मैले उसलाई जन्म दिदा म अति वेदनमा थिएँ।”

Cross references

उत्पत्ति 3:16

त्यसपछि परमप्रभु परमेश्वरले त्यस स्त्रीलाई भन्नुभयो,“जब तिमी गर्भधारण गर्नेछौ त्यस अवस्थामा म तिमीलाई अति कष्ट दिनेछु र आफ्नो सन्तान जन्माउने बेलामा तिमीले साह्रै नै प्रसव वेदना सहनु पर्नेछ। तिमी आफ्नो पतिको चाहना गर्नेछौ। तर उनले तिमीलाई शासन गर्नेछ।”

उत्पत्ति 34:19

दीनाका दाज्यूहरूले भनेको कुरामा शकेम साह्रै खुशी भयो।आफ्नो परिवारमा शकेम अति आदरणीय मानिस थियो।

उत्पत्ति 35:18

छोरो जन्मदा-जन्मदै राहेल मरी। मृत्युअघि आफ्नो त्यस छोरोको नाउँ तिनले बेन-ओनी राखीन्। तर याकूबले उसको नाउँ बिन्यामीन राख्यो।

1 शमूएल 4:21

तर इस्राएलको महिमा हराएको सुनेर तिनले छोराको नाउँ ईकावोद राखिन्, अर्थ “इस्राएलो महिमा लगियो!” यसले यो नाउँ राखी परमेश्वरको पवित्र सन्दूक लुटिएको र आफ्ना ससुरा अनि लोग्नेको मृत्यु भएको कुरा संकेत गराउँछ।

1 इतिहास 7:23

तब एप्रैमले आफ्नी पत्नीसित सहवास गरे। एप्रैमकी पत्नी गर्भवती भइन् अनि एक छोरा जन्माइन्। एप्रैमले त्यो छोराको नाउँ बरीआ राखे किनभने तिनका परिवार माथि केही नराम्रो घटना घटेको थियो।

हितोपदेश 23:25

यसर्थ तिम्रा आमा-बाबु तिमी सित खुशी भई बसुन्। तिम्री आमाले आनन्द पाउन।-17-

यशैया 43:4

तिमी मेरो निम्ति अत्यन्त मुख्य छौ। यसकारण म तिम्रो सम्मान गर्छु। म तिमीलाई प्रेम गर्छु र तिम्रोलागि सारा मानिसहरू एवं जातिहरू प्रदान गर्नेछु ताकि तिमी बाँच्न सक।”

प्रेरित 17:11

एउटा जहाजमा त्रोआस छाडी हामी समुद्र यात्रा गर्दै सोमोथ्रेसको टापुतिर गयौं। अर्को दिन हामी समुद्र यात्रा गरेर नियापोलिस शहर आई पुग्यौं।

Interlinear

Choose Theme