Home Bibles ☰ Books 1 इतिहास 28:3 · नेपाली बाइबल
1 इतिहास 28:3 · नेपाली बाइबल

तर परमप्रभुले मलाई भन्नुभयो, ‘अहँ, दाऊद, तैंले मेरो नाउँमा मन्दिर बनाउनु पर्दैन। तैंले त्यसो गर्नु हुँदैन किनभने तँ एक सैनिक होस्, र तैंले धेरै मानिसहरूलाई मारेको छस्।’

Cross references

2 शमूएल 7:5

“मेरो सेवक दाऊद कहाँ गएर भनिदेऊ, ‘परमप्रभु के भन्नु हुन्छ भने, मलाई बस्नेघर बनाउने तिमी होइनौ।

1 राजा 5:3

“तपाईंलाई थाहै छ, मेरा पिता दाऊदले चारैतिर धेरै नै युद्ध गर्नु परेको थियो। यस कारण परमप्रभु उहाँको परमेश्वरको सत्कारमा उहाँ एउटा मन्दिर बनाउने योग्य हुनु भएन। राजा दाऊद तब सम्म पर्खिरहे जबसम्म परमप्रभुले उनलाई सबै शत्रुहरू परास्त गर्ने वरदान दिनुभएन।

1 इतिहास 17:4

परमेश्वरले भन्नु भयो, “जा, अनि यी कुराहरू मेरो दास दाऊदलाई भनः परमप्रभुले भन्नु हुन्छ, ‘दाऊद म बस्नको निम्ति मेरो मन्दिर निर्माण गर्ने व्यक्ति तँ होइनस्।

1 इतिहास 22:8

तर परमप्रभुले मलाई भन्नुभयो, ‘दाऊद, तैंले धेरै युद्धहरू लडेको छस् र धेरै मानिसहरू मारेको छस्। यसर्थ मेरो नाउँको निम्ति तैंले मन्दिर बनाउन सक्तैनस्।

2 इतिहास 6:8

तर परमप्रभुले मेरा पितालाई भन्नुभयो, ‘दाऊद जब तैंले मेरो नाउँमा एउटा मन्दिर निर्माण गर्न चाहिस्, तैंले उत्तम गरिस्।

2 इतिहास 6:9

तर तैंले मन्दिर निर्माण गर्न सक्तैनस्। तर तेरो आफ्नो छोराले मेरो नाउँमा मन्दिर निर्माण गर्ने छ।’

Interlinear

Choose Theme