जेरहका पाँचजना छोराहरू- थिए तिनीहरू जिम्री, एतान, हेमान, कल्कोल अनि दारा थिए।
Cross references
तर इस्राएलका मानिसहरूले परमेश्वरको आज्ञा पालन गरेनन्। यहूदाका कुलको जेरहको छोरो जब्दी, त्यसको छोरो कर्मी, कर्मीको छोरो आकान थिए। आकानले ती केही वस्तुहरू राखे जसलाई नष्ट गरिनु पर्ने थियो। यसर्थ परमप्रभु इस्राएलका मानिसहरू प्रति अत्यन्त क्रोधित हुनुभयो।
यसर्थ यहूदाका सबै कुल समूहहरू परमप्रभु-समक्ष उभिए। परमप्रभुले जेरह कुल समूहलाई छान्नु भयो। त्यसपछि जेरहको सबै कुल समूहहरू परमप्रभुका सामुन्ने उभिए। जिम्रीका परिवार चुनिए।
उनी विश्वमा सबै मानिसहरूभन्दा बढी बुद्धिमानी थिए। उनी एज्रही एतानभन्दा पनि बढी बुद्धिमान थिए। उनी हेमान, कलकोल अनि दर्दा भन्दा बढी बुद्धिमान थिए। यिनीहरू माहोलका छोरा थिए। राजा सुलेमान इस्राएल र यहूदाको वरिपरिका सबै देशहरूमा प्रख्यात भए।
सुलेमानले हीरामलाई 20,000 मुरीगहुँ र 20 मुरीभद्राक्षको तेल प्रत्येक वर्ष उसको परिवारको निम्ति जुटाए।