Cross references
ओबेद यिशैका पिता थिए। यिशै दाऊदका पिता थिए।
परमप्रभुले शमूएललाई भन्नुहुन्छ, “कति दिन शाऊलको निम्ति दुःखीत भइरहन्छसू? शाऊललाई मैले इस्राएलको राजापदबाट हटाइसके तरै पनि त्यसको दुःख मानिरहन्छस्। तँसित भएको सींङ तेलले भर र बेतलेहेम जा। म तँलाई बेतलेहेमको यिशै नाउँको मानिसकहाँ पठाउँदैछु। यिशै बेतलेहेममा बस्छ। मैले त्यसकै एकजना छोरालाई नयाँ राजाको रूपमा चुनें।”
तिनले परमप्रभुको सल्लाह लिएनन्। त्यसै कारणले परमप्रभुले शाऊललाई मारिदिनु भयो अनि राज्य यिशैको छोरा दाऊदलाई दिनु भयो।
यस्सीको ठुटाबाट एउटा सानो रूख उम्रनेछ। यस्सीको जराहरूबाट त्यसको हाँगा बढने छ।
त्यसबेला, यस्सी वंशबाट एउटा विशेष मानिस आउनेछ। त्यो मानिस “झण्डा” जस्तो हुनेछ। त्यस “झण्डा” सारा जातिहरूलाई के देखाउँछ र भन्नेछ उहाँको वरिपरि तिनीहरू सबै आउनु पर्दछ। ती जातिहरू के गर्नु पर्ने भनेर उनलाई सोध्नेछन्। अनि जुन ठाउँमा उनी हुने छन् त्यो ठाउँ महिमाले भरिपूर्ण हुनेछ।
सल्मोन बोअजका पिता थिए। (बोअजकी आमा राहाब थिइन्।) बोअज ओबेदका पिता थिए। (ओबेदकी आमा रूथ थिईन्)। ओबेद यस्सीका पिता थिए।
दाऊद यिशैका पुत्र थिए। यिशै ओबेदका पुत्र थिए। ओबेद बोअजका पुत्र थिए। बोअज सल्मोनका पुत्र थिए। सल्मोन नहशोनका पुत्र थिए।
शावललाई हटाए पछि परमेश्वरले दाऊदलाई तिनीहरूका राजा बनाउनु भयो। परमेश्वरले दाऊदको विषयमा यसो भन्नु भयोः ‘यस्सीको छोरा दाऊद एउटा मानिस हो जसले मैले सोचे जस्तो सोच्छ। मैले चाहे अनुसार सबै कामहरू उसले गर्नेछ।
अनि यशैयाले भनेका छन्“एकजना मानिस यस्सीका परिवारबाट आउने छन्। ती मानिसले अयहूदीहरूमाथि राज गर्नेछन्, अनि ती मानिसको कारणले गैर-यहूदीहरूले आशा प्राप्त गर्नेछन्।”