योआब अनि तिनीसित भएका सेनाले अरामका सेनालाई आक्रमण गरे। अरामका सेनाहरू योआब अनि तिनका सेनाहरू देखि भागे।
Cross references
त्यसपछि योआब र तिनका मानिसहरूले अरामीहरूसँग युद्ध लडे। अरामीहरू भागे।
त्यसै बेला एक जना अगमवक्ता राजा आहाबकहाँ गए। अगमवक्ताले भने, “राजा आहाब, परमप्रभुले तिमीलाई भन्नुहुन्छ, ‘के तिमीले विशाल सेना देखेका छौ? म, तिमीलाई तिनीहरूलाई परास्त पार्ने शक्ति दिइरहकोछु। तब तिमी जान्ने छौ म परमप्रभु हुँ।”‘
राजा आहाबका तन्देरी अधिकारीहरूले आक्रामणको नेतृत्व गरिरहेका थिए। इस्राएलका सेनाहरूले तिनीहरूलाई अनुसरण गरिरहेका थिए।
परमेश्वरका जन इस्राएलका राजाकहाँ आए र भनेः “परमप्रभुले भन्नुभएको छ, ‘अरामका मानिसहरूले त्यो सोच्छन्, म, परमप्रभु हुँ पर्वतहरूका मात्र परमेश्वर हुँ, अनि म सम्म भूमिको पनि परमेश्वर होइन। यसकारण म तिमीलाई यो विशाल शत्रुलाई परास्त गर्ने शक्ति दिन्छु। तब तिमी जान्ने छौ, कि म नै परमप्रभु हुँ।”‘
तिमीहरूले यो जान्नु पर्छ कि इस्राएलका परमप्रभु परमेश्वरले दाऊद अनि तिनका छोराहरूलाई सदा सर्बदा इस्राएलका राजा हुने अधिकार दिनु भएको छ। परमेश्वरले दाऊदसित नूनको करार द्वारा यो दिनु भएको हो।
तिम्रो गोरू किन फ्याँकिएको छ? त्यो कि उभिन सक्तैन? किनभने परमप्रभुले तिनीहरूलाई तल घचेटि दिनुहुनेछ।