दाऊदले तेबह अनि कून-शहरहरूबाट धेरै मात्रामा काँसा पनि ल्याए। ती शहरहरू हदर-एजेरका थिए। पछि सुलेमानले त्यो काँसालाई काँसाको कुण्ड, काँसाका स्तम्भ र काँसाका विभिन्न भाँडाहरू मन्दिरको निमार्ण गर्नको निम्ति प्रयोगगरे।
Cross references
दाऊदले काँसका धेरै-धेरै सामानहरू तेबह र बेरौतैबाट प्राप्त गरे। (तेवहर बेरौतै शहरूहरू हददेजेरका अधिनमा थिए।)
हीरामले काँसाका दुइवटा खाम्बा बनाए। प्रत्येक खाम्बा 18 हात लामो अनि 12 हात गोलो थियो। खाम्बाहरू खोक्राा थिए अनि धातु तीन इञ्चमोटो थियो।
“सुलेमान, मैले परमप्रभुको मन्दिर निर्माण गर्न कठिन परिश्रम गरेको छु। मैले एक लाख तोडासुन दिएको छु। अनि लगभग दश लाख तोडाचाँदी दिएको छु। मैले यतिबिघ्न काँसा र फलाम दिएको छु जसको तौल गर्न सकिंदैन। साथै मैले काठपात र ढुङ्गाहरू दिएकोछु। सुलेमान तैंले त्यस माथि थप्न सक्छस्।
सुलेमानले मन्दिरको अघि दुइवटा स्तम्भहरू खडा गरे। स्तम्भहरू 35 हात अग्ला थिए। दुइ स्तम्भका टुप्पाको अंश 5 हात लामो थियो।
त्यस पछि सुलेमानले गलित काँसाको प्रयोग एउटा ठूलो खड्कुँले निर्माण गर्नका निम्ति गरे। त्यो ठूलो जलाशय गोलो थियो अनि एक धारदेखि अर्को धार सम्म यसको नाप 10 हात थियो। अनि त्यसको अग्लाइको नाप 5 हात अनि 30 हात घेरा भएको थियो।
हूरामले दुइवटा स्तम्भहरू अनि ती दुइ स्तम्भका माथिल्ला भागका ठूला कचौराहरू बनाएका थिए। हूरामले दुइ ठूला स्तम्भका टुप्पोको अंशमा भएका दुइ ठूला कचौरहरूलाई ढाक्न बुट्टादार जाली पनि बनाए।
हूरामले भाँडाहरू, बेल्चाहरू, काँटाहरू अनि सबै सामग्रीहरू परमप्रभुको निम्ति राजा सुलेमानलाई बनाइदिए। यी सामग्रीहरू कलाईवाला काँसाद्वारा बनाइएका थिए।
बाबेलीहरूले परमप्रभुको मन्दिरको काँसाको खम्बाहरू त्यसको घेडेरीहरू, काँसाको ट्याँकी तोडे अनि काँसा बाबेलमा लगे।