Home Bibles 1 इतिहास 17:5 · नेपाली बाइबल
1 इतिहास 17:5 · नेपाली बाइबल

इस्राएललाई मैले मिश्र देशबाट बाहिर ल्याएको समय देखी आज सम्म म मन्दिरमा बसेको छैन। म पालको चारैतिर घुमिरहेछु। मैले मानिसहरूलाई इस्राएलका मानिसहरूका विशेष अगुवाहरू हुनलाई छानें। ती अगुवाहरू मेरा मानिसहरूका निम्ति गोठालाहरू तुल्य छन्।

Cross references

प्रस्थान 40:2

“पवित्र पाललाई जुन भेट हुने पाल पनि भनिन्छ पहिलो महीनाको पहिलो दिन स्थापना गरिनु पर्छ।

2 शमूएल 6:17

दाऊदले पवित्र सन्दूकको निम्ति एउटा छाउनी बनाए। इस्राएलीहरूले परमप्रभुको उक्त सन्दूकलाई त्यस छाउनीमा राखे। त्यसपछि दाऊदले होमबली र मेलबली चढाए।

2 शमूएल 7:6

इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याउँदा म कहिले पनि घरमा बसिन। म सधैं पालमै थिएँ। पाल नै मेरो घर थियो।

1 राजा 8:4

तिनीहरूले भेट हुने पाल अनि पालमा रहेका सबै पवित्र चीज-बीजहरू समेत परमप्रभुको पवित्र सन्दूक सित बोके। लेवीकुहरूले यी सामानहरू बोक्नमा पूजाहारीलाई सघाए।

1 राजा 8:16

‘मैंले इस्राएलका मानिसहरूलाई मिश्रबाट ल्याएको दिनदेखि अहिले सम्म मेरै सत्कारमा मन्दिर निर्माण गर्नका लागि इस्राएलको परिवार समूहहरूबाट कुनै शहरलाई छानेको थिइन। तर इस्राएलका मानिसहरूमाथि शासन गर्नका लागि मैले दाऊदलाई मन पराएको छु।’

1 राजा 8:27

“तर, मेरा परमेश्वर! तपाईं साँच्चै पृथ्वीमाथि बास गर्नु हुन्छ? सम्पूर्ण अकाश अनि स्वर्गको सर्वोच्च स्थानले पनि तपाईंलाई राख्न सक्दैन। तब मैंले बनाएको यस घरले तपाईंलाई कसरी राख्न सक्छ?

2 इतिहास 2:6

कुनै पनि व्यक्तिले वास्तवमा हाम्रा परमेश्वरलाई राख्नका निम्ति मन्दिर निर्माण गर्न सक्तैन स्वर्गले पनि परमेश्वरलाई राख्न सक्तैन। अहँ सर्वोच्च स्वर्गले पनि हाम्रा परमेश्वरलाई राख्न सक्तैन। यसर्थ परमेश्वरका निम्ति म मन्दिर निर्माण गर्न सक्तिनँ। म केवल उहाँलाई सम्मान जनाउनको निम्ति धूप जलाउने स्थान बनाउन सक्छु।

2 इतिहास 6:5

‘मैले इस्राएललाई धेरै अघि मिश्रदेशबाट बाहिर ल्याएँ। अनि अहिले सम्म मैले मेरो नाउँमा मन्दिर निर्माण गर्ने स्थानका निम्ति इस्राएलका कुनै पनि कुल समूहको शहर मैले छानेको छैन्। मैले मेरा इस्राएलका मानिसहरू, मानिसहरूलाई अगुवाइ गर्ने व्यक्ति चुनेको छैन।

2 इतिहास 6:6

तर अहिले मेरो नाउँको निम्ति स्थानको रूपमा यरूशलेम चुनेको छु। अनि मैले मेरा इस्राएली मानिसहरूको अगुवाइका निम्ति दाऊदलाई चुनेको छु।’

2 इतिहास 6:18

“तर हामी जान्दछौं कि, परमेश्वर, तपाईं वास्तवमा पृथ्वीमा मानिसहरूसाथ बस्नु हुन्न। स्वर्ग अनि सर्वोच्च स्वर्गले पनि तपाईंलाई आफूमा अँटाउँने क्षमता राख्न सक्तैन। अनि हामी जान्दछौं। कि मैले बनाएको यो मन्दिरले तपाईंलाई अँटाउँन सक्तैन।

यशैया 66:1

परमप्रभु भन्नुहुन्छ, “स्वर्ग मेरो सिंहासन हो, र पृथ्वी मेरो पाउदान हो। यसर्थ, के तिमीहरू मेरा निम्ति एउटा घर बनाउन सक्छौ? अहँ! तिमीहरूले सक्तैनौ। के तिमीहरू मेरो आरामकोलागि एउटा जग्गा बनाउनु सक्छौ? अहँ!

प्रेरित 7:44

“हाम्रा पुर्खाहरूसँग मरूभूमिमा “पवित्र मण्डप” थियो। कसरी तम्बू बनाउनु मोशालाई परमेश्वरले बताउनु भयो। तिनले परमेश्वरले देखाउनु भएको योजना अनुसार बनाए।

Interlinear

Choose Theme