परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँ असल हुनुहुन्छ, हो परमप्रभुको प्रेम सदा-सर्वदा लगातार बगीरहन्छ।
Cross references
हेमान यदूतून अनि अन्य सबै लेवीहरूलाई स्तुति गान गाउँदै, “परमप्रभुको स्तुति गर, किनभने उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।”
मानिसहरू कसैले तुरही बजाए कसैले गाए ती एक व्यक्ति जस्तै थिए। तिनीहरूले एउटै ध्वनिमा बजाए जब तिनीहरूले परमप्रभुको स्तुति गरे अनि धन्यवाद ज्ञापन गरे। तिनीहरूले तुरही, झ्याम्टा अनि वाद्य-यन्त्रबाट ठूलो आवाज निकाले। तिनीहरूले “परमप्रभुको स्तुति गरे किनभने उहाँ असल हुनुहुन्छ। उहाँको सत्य प्रेम सदा सर्वदा रहि रहन्छ” भनी गीत गाए।तब परमप्रभुको मन्दिर बादलले भरियो।
इस्राएलका समस्त मानिसहरूले आगोलाई स्वर्गबाट उत्रेको देखे। इस्राएलका मानिसहरूले मन्दिरमा परमप्रभुको महिमा पनि देखे। तिनीहरूले आफ्ना अनुहार आँगनका भूँइ तिर झुकाए। तिनीहरूले परमप्रभुको आराधना गरे अनि धन्यवाद ज्ञापन गरे। तिनीहरूले गीत गाए परमप्रभु असल हुनुहुन्छ। उहाँको करूणा सदा सर्वदा चलिरहन्छ।
आनि तिनीहरूले प्रत्युत्तर गीतहरू, स्तुतिगीत अनि परमप्रभुको स्तुति गरे किनभने, उहाँ भलो हुनुहुन्छ।
परमप्रभुको प्रशंसा गर! परमप्रभुलाई धन्यवाद चढाओ किनभने उहाँ असल हुनुहुन्छ। परमेश्वरको प्रेम अनन्त छ!
परमप्रभुलाई धन्यवाद चढाओ, किनभने उहाँ उपकारी हुनुहुन्छ। उहाँको प्रेम सँधै रहन्छ।
परमप्रभुलाई आदर गर किनभने उहाँ परमेश्वर हुनुहुन्छ। उहाँको स्नेहपूर्ण करूणा सर्वदा रहनेछ!
हामी परमप्रभुको प्रशंसा गरौ, किनभने उहाँ भलो हुनुहुन्छ। उहाँको स्नेहपूर्ण करूणा अनन्तसम्म रहनेछ।
तर चाँडै यो ठाउँमा आनन्दको मिठो, दुलहा-दुलहीहरूको खुशीयाली र परमप्रभुमा प्रशंसाको आवाजहरूले प्रतिध्वनित हुनेछ। ती मानिसहरूले भन्ने छन्, ‘सेनाहरूका परमप्रभुको प्रशंसा गर। परमेश्वर भलो हुनुहुन्छ। उहाँ सधैं कृपालु हुनुहुन्छ। तिनीहरूले मन्दिरमा धन्यवाद बलि चढाउनेछन कारण यस ठाउँबाट जे जे लुटिएको थियो म त्यो पुन बहाली गराउनेछु अनि अघि जस्तो थियो त्यस्तै बनाउनेछु,” परमप्रभु भन्नुहुन्छ।