परमप्रभु र उहाँको शक्ति तर्फ हेर। परमप्रभु कहाँ जाऊ अनि उहाँको सहायता सधै खोज।
Cross references
“अब, हे परमप्रभु प्रमेश्वर, उठ्नु होस्, अनि तपाईंको विशेष स्थानमा, करारको सन्दूकमा आउनु होस् जसले तपाईंको पराक्रम प्रर्दशित गर्छ। तपाईंका पूजाहारीहरूले मुक्ति धारण गर्न सकून्। तपाईंका साँच्चा अनुयायीहरू यी असल कुराहरूमा खुशी होऊन्।
धेरै मानिसहरूले भन्छन्, “हामीलाई कसले परमेश्वरको भलाई देखाऊला? हे परमप्रभु, तपाईंको प्रज्वलित अनुहार हामीलाई देखाउनु होस्!”
ती असल मानिसहरूले परमेश्वरलाई पछ्याउने कोशिश गर्दछन्। तिनीहरू सहयोग माग्न याकूबका परमेश्वर कहाँ जान्छन्।
हे परमप्रभु, म तपाईंसँग बोल्न चाहन्छु। म हृदयबाटै तपाईंसँग कुरा गर्न चाहन्छ। म तपाईं समक्ष बोल्न आएँ।
हे परमेश्वर म तर्फ कृपा दर्शाउनु होस र आशीर्वाद दिनुहोस्। कृपया हामीलाई ग्रहण गर्नुहोस्!
हे परमेश्वर आफ्ना मन्दिरमा तपाईं डरलाग्दो हुनुहुन्छ। इस्राएल का परमेश्वरले आफ्ना मानिसहरूलाई बल र शक्ति दिनुभयो, परमेश्वरको प्रशंसा गर।
परमेश्वरले आफ्नो मानिसहरूलाई अरू जातिद्वारा पक्राउनु भयो। शत्रुहरूले उहाँको “सुन्दर रत्न” लगे।
तिनीहरू रूने वेंसी भएर यात्र गर्दै आए जुन परमेश्वरले जलस्रोत बनाउनु भएको छ। शरद ऋतुको वर्षाले ताल बनिन्छ।
परमप्रभुकहाँ आऊ र तिमीहरू बाँच्नेछौ। यदी तिमीहरु परमप्रभुकहाँ गएनौ भने उहाँले इस्राएल राष्ट्र माथि आगोले झैं झम्टनु हुनेछ। इस्राएल राष्ट्र आगोले ध्वस्तपारिनेछ र परमेशवरको घर समेत कोही सुरक्षित हुनेछैन।
तिमीहरूको जीवन शैली परिवर्तन गर! दिउँसो गर्मीमा केही फूलहरू ओइलाएर मर्छन्, तिमीहरू पनि त्यस्तै हुनेछौ, जब परमप्रभुले आफ्नो भयंकर क्रोध प्रकट गर्नुहुनेछ। यसकारण परमेश्वरको महान क्रोध तिमीहरूको अघि प्रकट हुनु अघि नै आफ्नो जीवन बदलि गर।