तब दाऊद र तिनका मानिसहरू बाल पराजीम शहरसम्म गए। त्यहाँ दाऊद अनि तिनका मानिसहरूले पलिश्ती मानिसहरूलाई परास्त गरे। दाऊदले भने, “भत्केको बाँधबाट पानी छुट्छ। त्यही प्रकारले परमेश्वरले मेरो शत्रुहरू माथि छुट्नु भयो। परमेश्वरले मेरो माध्यमबाट यसो गर्नुभयो।” त्यसै कारणले त्यस स्थानको नाउँ बाल-पराजीम राखिएको हो।
Cross references
त्यसको पानी पहिलाको स्थानमा फर्कियो अनि रथ र घोडाहरू सबैलाई डुबायो। फिरऊनका सम्पूर्ण सेनाहरू जो इस्राएलीहरूलाई खेद्दै आएका थिए डुबेर नष्ट भए। तिनीहरू कोही पनि बाँचेनन्।
तब दाऊद बाल-पराजीम गए र पलिश्तीहरूलाई त्यहीं हराए। दाऊदले भने, “परमप्रभुले मेरा शत्रुका सेनाहरूका बाँध भत्किएर छताछुल्ल पोखिएको पानी झैं भगाउनु भयो।” यही कारण दाऊदले त्यस ठाउँको नाउँ “बाल-पराजीम” राखे।
तिनीहरूले भित्तामा प्वाल बनाउँछन तिनीहरू त्यस प्वालबाट खचाखच आउँछन अनि ढुङ्गाहरू फोर्दै ममाथि पर्छन्।
परमप्रभु स्वर्गबाट गर्जनु भयो। सर्वोच्च परमेश्वरले उहाँको स्वर सुनिने बनाउनु भयो। त्यहाँ असिनाको गोला र आगोका फिलिङ्गाहरू वर्षिए।
हाम्रा पिताहरूका तरवारहरू थिएनन् जसले जमीन खोस्यो। उनीहरूका पाखुराहरू बलिया थिएनन्। जसले तिनीहरूलाई विजयी गराए। यो हाम्रो पिता-पुर्खाहरूसँग तपाईं भएको कारणले गर्दा भएको हो। परमेश्वर, तपाईंको महान् शक्तिले हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो। किन? किनभने तपाईंले उहाँहरूलाई प्रेम गर्नुभयो!
परमप्रभु मेरो चट्टान हुनुहुन्छ, परमप्रभुको प्रशंसा गर। परमप्रभुले मलाई युद्धको लागि प्रशिक्षण दिनु हुन्छ। उहाँले मलाई युद्ध भूमिको निम्ति तयार पार्नुभयो।
परमप्रभुले नै राजाहरूलाई युद्ध जित्नलाई सघाउनु भयो। परमप्रभुले आफ्ना दास दाऊदलाई शत्रुहरूका तरवारहरूबाट बचाउनु भयो।
यस्तो पाठ सेनाहरूका परमप्रभुबाट आउँदछ। परमप्रभुले अनौठो सल्लाह दिनुहुन्छ। परमेश्वर साँच्ची नै ज्ञानी हुनुहुन्छ।
अति बृष्टिको कारणले बाढी आयो, आँधीले घरलाई हान्यो र त्यो ठूलो आवाज सहित ढल्यो।’