बिन्यामीन र यहूदाका कुल समूहहरूबाट अन्य मानिसहरू किल्लामा दाऊदकहाँ आए।
Cross references
फसल कटनीको समयमा यर्दन नदी किनार माथि माथि भएर बग्छ। यसर्थ नदी पूर्ण रूपले भरिएको थियो। पूजाहारीहरू, जसले सन्दूक बोकेका थिए, नदीका किनारमा आए र तिनीहरूले पानीमा टेके।
यसप्रकार दाऊदले उसका आमा-बुबालाई मोआबका राजा कहाँ ल्याए। जबसम्म दाऊद किल्लामा रहे तबसम्म उनका आमा बाबु मोआबका राजासंग बसे।
अर्को एकचोटि, दाऊद किल्लामा थिए अनि एकसमूह पलिश्ती सैनिकचाहिं बेतलेहेममा थिए।
गाद कुल समूहका एक भाग दाऊदसँग मरूभूमिमा तिनका किल्लामा आएर मिले। तिनीहरू युद्धका निम्ति शिक्षा पाएका साहसी सैनिकहरू थिए। तिनीहरू ढाल अनि भाला चलाउनमा सिपालु थिए। तिनीहरू सिंह जस्तै भीषण देखिन्थे। अनि तिनीहरू पर्वतमा मृगजस्तै छिटो दगुर्न सक्थे।
त्यहाँ सानो बिन्यामीन छ, तिनीहरूलाई डोर्याईरहेका। अनि त्यहाँ यहूदाका महान् परिवार पनि छन्। अनि त्यहाँ जबूलून र नप्ताली अगुवाहरू पनि छन्।