1 इतिहास 11:21 · नेपाली बाइबल
अबीशै ती तीस जना वीरहरू भन्दा दोबर प्रसिद्ध थिए। तिनी ती तीन वीरहरू मध्ये एक नभएता पनि तिनी तीसजनाका अगुवा थिए।
Cross references
1 इतिहास 12:21
तिनीहरूले दाऊदलाई नराम्रा मानिसहरूसित लड्न सहायता गरेका थिए। ती नराम्रा मानिसहरू देशको चारै तिर गएर मानिसहरूका सामानहरू चोर्थे। मनश्शेका यी सबै मानिसहरू साहसी सैनिकहरू थिए। तिनीहरू दाऊदका सेना प्रधानहरू भए।
मत्ती 13:8
अनि ती बीऊहरू उम्रिए र फसल उत्पन्न गरे। कतिपय बोटहरूले सय, कतिपयल साठी अनि कतिपयले तीस गुणा फल फलाए।
1 कोरिन्थी 15:41
सूर्यको एक प्रकारको सुन्दरता छ, चन्द्रमाको अर्को किसिमको सुन्दरता छ र ताराहरूको अर्कै प्रकारको सुन्दरता छ अनि हरेक तारा आफ्नो सुन्दरतामा भिन्न छ।