ओनामका छोराहरू शम्मै अनि यादा थिए। शम्मैका छोराहरू नादाब अनि अबीशूर हो।
Cross references
परमप्रभुका दूतले यसो पनि भने,“हागार अहिले तिमी गर्भवती छौ। अनि तिमीले छोरो जन्माउने छौ। तिमीले उसको नाउँ इश्माएल राख्ने छौ किनभने तिमीलाई कुव्यवहार गरिएको छ जो परमप्रभुले सुन्नु भएको छ र उहाँले तिमीलाई सहायता गर्नु हुनेछ।
हागारले अब्रामको छोरो जन्माइन अनि अब्रामले छोरोको नाउँ इश्माएल राखे।
परमेश्वरले भन्नुभयो, “होइन! मैले भनी सकें तिम्री पत्नी साराले एउटा छोरो जन्माउनेछिन् जसको नाउँ तिमीले इसहाक राख्नेछौ। म त्यो सित करार गर्नेछु। त्यो करार त्यस्तो हुनेछ उसका सबै सन्तानहरूसित संधैको निम्ति बाँचिरहने छ।”
सारा गर्भवती भइन अनि तिनले बृद्धाअवस्थामा अब्राहामको निम्ति एउटा छोरा जन्माइन्। ठीक समयमा परमेश्वरले जे वचन दिनु भएको थियो त्यो पुरा भयो।
एकजना मिश्रकी कमारी हागारले अब्राहामको पहिलो छोरो जन्माएकी थिइन्। सारा दिक्क भइन जब उनले हागारको छोरासित आफ्नो छोरा इसहाकलाई खेल्दै गरेको देखिन्।
तर परमेश्वरले अब्राहामलाई भन्नुभयो, “त्यो केटा र कमारी स्त्रीको विषयमा तिमी चिन्ता नगर। जे साराले चाहन्छे त्यही गर, इसहाक मात्र तिम्रो उत्तराधिकारी हुनेछ।
इश्माएलको परिवारको सूची यही हो। इश्माएल अब्राहाम र हागारको छोरो थिए। हागार साराकी मीश्र देशी कमारी थिइन्
इसहाक अब्राहामको छोरो थियो र यो तिनको वृत्तान्त कथा हो।